प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्यमा समस्या आएर अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुग्नुभएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अध्यक्ष प्रचण्ड अस्पताल पुग्नुभएको हो ।

नागरिकलाई घरमै रहन आग्रह गर्दै आफूले निवासबाटै सरकार, सत्ता चलाइरहेको बताएका प्रधानमन्त्री ओलीको मुटुको चालमा घटबढ भएपछि राति नै अस्पताल लैजानुपरेको थियो ।

प्रचण्डको सचिवालका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा चिकित्सहरुसँग जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकाले आज नै डिस्चार्ज हुने न्यु अफ नेपाललाई जानकारी दिनुभयो ।