आईसोलेसन वार्डमा रहेका ३ शंकास्पद बिरामी कोरोना रिपार्ट नेगेटिभ आएपछि घर फर्किए

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा भक्तपुर अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका ३ जना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । तीनै जना बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षणसहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनीहरुलाई आइसोलेसनमा राखि उपचार गरिएको थियो ।

 

लगत्तै उनीहरुको थ्रोर्ट स्वाब निकालेर काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचका लागि पठाइएको थियो । रिपोर्टमा कोरोनाको संक्रमण नदेखिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताउनुभयो ।

 

’यस्ता बिरामी आएमा हामी तत्काल आइसोलेसनमा राख्छौं र आवश्यक जाँच अघि बढाउछौँ। यस्तो लुकाउनु हुन्न भन्नेमा हामी सचेत छौँ, ’डा. गौतमले भन्नुभयो ।

कोरोना भाइरस(कोभिड १९)को संक्रमणको आशंकामा अझै भक्तपुरका २ जनालाई आइसोलेसन वार्डमा राखिएको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले ५ जनामा कोरोना भाइरसको संक्रमणजस्तो लक्षण देखिएपछि उनीहरुलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताउनुभयो ।

तर आइसोलेसन वार्डमा राखिएका ३ जनामा भने रिपोर्ट नेगेटिभ आए पछि उपचारपछि घर पठाइएको बताउनुभयो ।

बाँकी २ जनाको नाक तथा घाटीको श्राव (स्वायब) परीक्षणका लागि टेकु पठाइएको र आज रिपोर्ट आउने बताउनुभयो । उनीहरुको रिपार्छ पनि नेगेटिभ आउने उहाँको अपेक्षा छ ।

आइसोलेसन वार्डमा राखिएका मध्य एक जना सरकारले नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाउनुअघि विदेशबाट घर फर्केका र अर्का एक ईंटा भट्टामा काम गर्ने मजदुर भएको बताईएको छ