सरकारको निर्णय पालना गर्न मन्त्री ढुंगेलको आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बागमती प्रदेशका प्रवक्ता समेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कारोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको निर्णय पूर्णरुपमा पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । उहाँले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आ–आफ्नै घरमा बस्न आग्रह गर्नुभएको हो ।

 

मन्त्री ढुंगेलले सरकारको निर्देशन पालना गरेर घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आग्रह गर्नुभयो । न्यज अफ नेपालसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले सरकारद्वारा कोरोनाको संक्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का अवधिमा घरमै बसेर सहयोग गर्न आग्रह गर्नुभयो ।

 

सम्भावित कोरोना भाइरसको नियन्त्रण र रोकथापको लागि प्रदेश सरकारले १० करोडको कोष खडा गरेको जानकारी दिदै उहाँले सबै संघ संस्था र व्यक्तिहरुलाई कोषमा सकेको सहयोग गर्न पनि अपिल गर्नुभयो ।

उहाँले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सामाजिक दूरी कायम गर्दै सरसफाइसहित घरमा बस्नु नै उत्तम विकल्प रहेको बताउदै भन्नुभयो- ‘सरकारको निर्णय पालना गरौ, कुनै हेलचेक्रयाइँ नगरौ, सुरक्षित हुनको लागि घरमै बसौ ।’