‘लकडाउन’काे बेला घर बाहिर निस्केकाे भन्दै आफ्नै दाईले गरे भाइको हत्या

94
Shares

काठमाडाैं ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’ नमानेको भन्दै आफ्नै दाईले भाइको हत्या गरेका छन् । मुम्बईको कान्दिवाली इष्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका आफ्ना भाई दुर्गेसको हत्या गरेका हुन् ।

भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार राजेशले भाईलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाईको आदेश नमान्दै भाई घरबाहिर निस्किन पुगे । यही कुरामा दुवैबीच झगडा भयो ।

झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिए पनि डाक्टरले उनलाई मृत घोषणा गरे । ‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाईको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ । दुर्गेस पुनामा वेटर काम गर्ने र ‘लकडाउन’को बेला घर आएका थिए । ‘लकडाउन’का कारण एक हप्ता अघि मात्रै उनको जागिर गुमेको थियो ।