नेपाल स्काउटले चलायो कोरोना रोकथामका लागि देशैभर हात धुने अभियान

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस ९कोभिड(१९० को रोकथामका लागि हात धुने अभियानसहित देशभरी १०० बढी स्थानमा नेपाल स्काउटले ह्यान्ड वाशिंग स्टेशन संचालन गरेको छ।

नेपाल स्काउटले बढी भीडभाड हुने र जोखिम बढी हुने उपत्यकाका ५० स्थान र उपत्यका बाहिर पोखराको ५ स्थान, मोरंगको २० स्थान, मकवानपुरको ५ स्थान, चितवनको ५ स्थान, काभ्रेको २ स्थान, रसुवाको १ स्थान, झापाको ५ स्थान, सुनसरीको २ स्थान, दोलखाको १ स्थान, सिन्धुपाल्चोकको १ स्थान, दैलेखको १ स्थान र सर्लाही को २ स्थान गरि १०० बढी स्थानमा सर्वसाधरणका लागि हात धुने र स्यानिटाइजर को व्यवस्था गरेको हो।

कोरोना भाइरश्को रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने उधेश्यले आम जनमानसलाई हात धुने तरिका, स्यानिटाइजरको प्रयोग बारे जानकारीका लागि पर्चा र ब्यानर सहित यो अभियान चलाइएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले बताए ।

सरकारले कोरोना भाइरस रोकथामको लागि अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी, बढी भीडभाड हुन नदिने लगायतका कार्यहरू सार्वजनिक गरेको अवस्थामा नेपाल स्काउटले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै नागरिकको सहजताको लागि उक्त अभियान संचालन गरेको हो।

साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग र मास्क लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको राय अनुसार उपत्यकामा सर्वसाधरण नागरिकहरूको सहजताको लागि साबुन पानी र स्यानिताइजरको व्यवस्था गत बुधबार देखि गरिएको र हाल सम्म यो अभियानबाट ५ लाख बढी मानिस प्रत्यक्ष लाभ्वान्वित भएको नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले जानकारी दिए ।

नेपाल स्काउटले शुरु गरेको यो अभियान अहिले अन्य निकायले पनि संचालन गर्न थालिसकेको र धेरै मानिस सुसुचित भैसकेकोले, सुरक्षालाइ ध्यानमा राख्दै अब केहि दिन मात्र यस्ता श्टेशन संचालन गरि स्काउट स्व्येमसेवकलाई पनि होम क्वरेण्टाइनमा बस्न निर्देशन गरेको स्काउट संयोजक भण्डारीले बताए ।