महासंघ उपाध्यक्ष राउतद्वारा प्रदेश राहत कोषलाई ११ लाख हस्तान्तरण

0
Shares

न्युज अफ नेपाल,विराटनगर ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषलाई ११ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । अहिले राज्यलाई सहयोग गर्नु सबैको दायित्व भएकाले राहत कोषलाई ११ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

राउतले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई सोमबार चेक हस्तान्तरण गर्नुभयो । त्यस्तै राउतले प्रदेशका ३६ वटा जिल्ला नगर उद्योग वाणिज्य संघलाई मास्क र सेनिटाइजरसमेत वितरण गर्नुभएको छ । हरेक उद्योग वाणिज्य संघलाई ५ सय मास्क र ५ लिटर सेनिटाइजर प्रदान गरेको राउतले बताउनुभयो ।

उहाँले पहिलो चरणमा २३ वटा उद्योग वाणिज्य संघलाई मास्क र सेनिटाइजर वितरण गर्नुभयो । “राज्यलाई अहिले आफूले सकेको हरेक नागरिकले सहयोग गर्ने बेला आएको छ,” राउतले भन्नुभयो, “अहिलेको अवस्था घरभित्रै बसेर पनि सहयोग गर्न सकिन्छ ।”