स्कुटर दूर्घटनामा परी बालकको मृत्यु

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोतीमा आज दुई स्कुटर एक आपसमा ठक्कर खाँदा स्थानीय आठ वर्षीय बालकको मृत्यु भएको छ ।कावासोती नगरपालिका ८ पूर्व पश्चिम राजमार्गको खरकट्टा जंगलमा पूर्व जाँदै गरेको लु ४८ प ११३० नम्वरको स्कुटर र पश्चिम आउदै गरेको ना ४४ प ४६२ नम्वरको स्कुटर ठोक्किदा ५ जना घाईते भएका थिए ।

जिप्रका पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार घाईतेहरुलाई प्रहरीले तत्कालै उपचारर्थ विभिन्न अस्पताल पठाइएको थियो ।घाईते मध्ये कावासोती ३ का ८ वर्षीय बालक जीवन तामाड.गको जिल्ला अस्पताल मध्यविन्दु डण्डामा दिउसो मृत्यु भएको थियो ।

सोही दूर्घटनामा परेका स्कुटर चालक हुप्सेकोट १ का ३९ वर्षीय ओमनारायण महतो, र उनका १३ वर्षीय छोरा समिर महतोको स्थानीय नवलपुर अस्पतालमा उपचार भैरहेको छ ।यसरी नै कावासोती ३ का २५ वर्षीय अमन तामाड.गको पुरानो मेडिकल कलेज र १६ वर्षीय अनुप तामाड.गको एलाईभ हस्पिटल भरतपुर चितवनमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।