जंगली च्याउ खाँदा एकै परिवारका तीन बेहोस

0
Shares

घनश्याम बगाले,नवलपरासी । 

पूर्वी नवलपरासीको कावासोतीमा जंगली च्याउ खादा एकै घरका तिन जना बेहोस भएका छन् । च्याउ खाई बेहोस हुनेमा कावासोती १२ का ४३ वर्षीय उमा गुरुङ ,२२ वर्षीय छोरी नौमाया गुरुङ र १६ वर्षीय छोरा टुपेश गुरुङ रहेकाछन् ।

गुरुड.ग परिवारले सोमबार विहान आफ्नै घर पछाडी टौवामा उम्रिएको जंंगली च्याउ तरकारी बनाई खाए पछि तीनै जना एकाएक विरामी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार च्याउ खाई विरामी परेका तिनै जनाको हालको अवस्था अचेत रहेको र उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।