मंगलबारदेखि डोटीमा पनि कर्फ्यू

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा पनि कोरोना संक्रमण देखिएपछि  संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले सोमबार एक बिज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० अनुसार मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।

निषेधाज्ञाअवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ । सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निषेधाज्ञा जारी गरेको हो ।