कोरोना सन्त्रास : सरकारी कार्यालय बन्द गरिँदै

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

विश्वभर कोरोना संक्रमणले आतंक मच्चाइरहेका बेला नेपालमा पनि एक जनामा कोरोना संक्रमण देखिएपछि सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ ।

ती कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने तर कर्मचारीले कार्यालयमा हाजिर हुने भनिए पनि कार्यालय खुलेपछि सेवाग्राही पुग्ने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ ।

सो बैठकले कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी छ । कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा हुने छैन ।सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिकस्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागिएको हो ।