कोरोनोको त्रास : कामपाले शुरु ग-यो आफ्नै वडाको अनुगमन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना भाइरस (कोभिड — १९) संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि महानगरको ‘अनुगमन तथा सुपरीवेक्षण समिति’ले आजबाट आन्तरिक अनुगमन थालेको छ । गएको चैत ६ गते बसेको काठमाडौं महानगरको कार्यपालिकाको बिशेष बैठकले संक्रमण रोक्न गरेको निर्णयअनुसार वडाबाट भएका कामको प्रभावकारिता बढाउन अनुगमन गरिएको हो । कामपाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले वडाले सावधानी पूर्वक काम गरेको र कामपाले पठाइएका मास्क बितरण भइरहेको जानकारी गराउनुभयो ।

उहाले भन्नुभयो — अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन वडाबासीलाई प्रोत्साहन गर्न माइकिङ् गर्ने, ठाउँ—ठाउँमा हात धुनका लागि साबुन पानीको व्यवस्था गर्न वडालाई भनेका छौं, भोलिबाट दैनिक उपभोग्य बस्तु र औषधिजन्य बस्तुको उपलब्धता, मुल्य पनिहेर्छौं ।

कामपाले आज हामीले वडा १८, १९, २०, २२, २३, २४, २५ र २७ गरी ८ वटा वडाको गरेको छ । अनुगमनको विषयमा जानकारी दिदै समितिका सदस्य सचिव एवं सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापाले कार्यपालिकाको बैठकको निर्णय अनुसार वडाहरु सक्रिय भएको बताउनुभयो ।

यसरी अनुगमन गर्दा देखिने भीडलाई व्यवस्थापन गर्न आपसी दुरी कायम गरिएको समितिकी सदस्य एवं कार्यपालिका सदस्य हीरादेवी पोखरेलले जानकारी दिनुभयो । त्यस क्रममा कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी, नगर प्रहरीसहित करीब १० जनाको टोली खटिएको थियो ।