कैलालीमा आजबाट अनिश्चितकालीन कर्फ्यू

0
Shares

न्युज अफ नेपाल,कैलाली ।

कैलालीमा अवस्थित नेपाल भारत सीमा क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न कैलालीमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) जारी गरेका हो ।जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने उनले जानकारी दिए ।निषेधाज्ञा अवधिभर विद्युत, खाने पानी दूरसञ्चार पेट्रोल पम्प, औषधि, भोजनालयबाहेक सबै पसलहरु बन्द रहने छन् ।