अज्ञात समूहद्वारा डोजरमा आगजनी


जाजरकोट, (नेस)
बारेकोटमा मंगलबार राति अज्ञात समूहले डोजरमा आगजनी गरेको छ। बारेकोट गाउँपालिकाको लिम्सा सडक खण्डमा पर्ने सडक खन्न प्रयोग भएको रेगन निर्माण सेवा सुर्खेतको डोजरमा आगजनी भएको हो।
सडक निर्माणका लागि बारेकोट ल्याएको निर्माण व्यवसायी दानबहादुर खडकाको बा३क ४०८६ नम्बरको स्काभेटरमा गएराति १ बजेको समयमा बारेकोट गाउँपालिका–१ धौलाकोट खडकरी भन्ने स्थानमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पार्किङ गरी राखेको डोजरमा राति १ बजे एक्कासि आगजनी भएको स्थानीयले बताएका छन्।
रातिको समयमा एक्कासि आगो बलेको देखिएको स्थानीय पृथीबहादुर बोहराले बताउनुभयो। उक्त डोजर किन र कसले के–का लागि आगजनी गरेको हो भन्ने बारेमा खुल्न नसकेको प्रहरी जनाएको छ।