बजार सुनसान


रसुवा, (नेस)।

 

कोरोना भाइरसको संक्रमणका डरले अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कन छाडेका छन्। सर्वसाधारण र आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत कम भएपछि त्यसको असर व्यापार व्यवसायमा पर्न थालेको छ।

 

धुुन्चे, टिमुरे स्याफ्रु, बेत्रावती, कालिकास्थाका मुख्य बजारहरूमा मानिस निकै कम मात्रामा देखिन थालेका छन्। यो महिना विदेशी पर्यटकको सिजन भए पनि पर्यटक देखिन छाडेका छन्।

 

‘पहिले यो समयमा दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक ५० देखि ६० जना आउँथे। होटलमा बस्ने कोठा नभएर अन्त पठाउनुपर्ने हुन्थ्योे। हाल शून्यता छाएको छ।’ –होटल व्यवसायी निशान गजुरेलले बताउनुभयो।

 

रसुवा फेन्सी स्टोर्सका सञ्चालक सन्जिव अमात्य भन्नुहुन्छ– ‘फेन्सी पसलमा भ्याइनभ्याइ हुन्थ्यो हाल १५ हजारको फेन्सी आइटम पनि मुस्किल ले बिक्छ।’ सभा–सम्मेलन, भीडभाडलगायतका ठाउँमा नजान सरकारले नै भनेपछि बजारमा चहलपहल निकै कम भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनुहुन्छ।