अवैध पेस्तोलसहित एक पक्राउ


रौतहट, (नेस)

अवैध पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

रौतहटको यमुनामाई गाउँपालिका–३ राजपुर तुलसी निवासी ४९ वर्षीय शेष बैतुल्लालाई दुई थान पेस्तोलसहित सोमबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउन्ड २ थान, मोबाइल (सामसुङ र नोकिया) २ थान, घडी थान १, नेपाली ३ हजार ४ सय ८० रुपियाँ, भारतीय २१ रुपियाँ, साउदी रियाल एक, नेपाली नगरिकता प्रमाणपत्र थान १, सवारी चालक अनुमति पत्र थान १, बीआर०५टी ८१३६ को मोटरसाइकल एक बरामद भएको जनाइएको छ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले गस्ती टोलीले अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको बताउनुभएको हो। उहाँले पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको जानकारी दिनुभयो।