मास्कमा मात्र भर नपर्न चिकित्सकको सुझाव


बुटवल, (नेस)

 

कोरोनाको प्रकोपबाट बच्नका लागि मास्कको भर नपर्न चिकित्सकले सुझाव दिएका छन्। कोरोना भाइरसलाई मास्कले रोक्न नसक्ने भएकाले रुघाखोकी लागेकाले मास्क प्रयोग गर्दा बढी उपयोगी हुने चिकित्सकहरूको भनाइ छ।

 

शिक्षा क्षेत्रबाट कोरोना प्रकोपबारे सचेतना जगाउने उद्देश्यले अभिभावक संघ रूपन्देहीको आयोजना र अभिभावक महासंघ प्रदेश पाँचको सहयोगमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा मास्कको भर नपर्न आग्रह गरेका हुन्। ‘मानिसमा चेतनाको कमीले बजारमा मास्कको अभाव भएको र कोरानाको प्रकोपबाट जोगिन सचेत हुनु नै उपयुक्त उपाए हो।’ –चिकित्सिकहरूको धारणा छ।

 

अभिभावका लागि आयोजित कार्यक्रममा बोल्दै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर राजेन्द्र खनालले कोरोनाको प्रकोपबाट सबैजना जोखिममा रहेकाले सावधानी अपनाउन सुझाव दिनुभयो। कोरोना भाइरस नेपालमा छिरेको पुष्टि नभएको अवस्थामा सचेत रहनु नै बुद्विमानी हो।

 

८० प्रतिशतमा जोखिम नहुने र मास्क लगाउनुभन्दा बढीभन्दा बढी हात धोएर सफा राख्नु, भीडभाडमा नजानु बिरामीसँग अलग रहनुपर्ने बताउनुभयो। डाक्टर सुदर्शन थापाले कोराना नेपालमा नदेखिएकाले आतंकित हुन नहुने र बढी सावधानी अपाउन भने आग्रह गर्नुभयो।

 

सन् २००२ बाटै कोरोना भाइरससँग मिल्दाजुल्दा भाइरस देखिएको जानकारी गराउँदै हाल महामारीको रूपमा फैलिएकाले सचेत रहन आग्रह गर्नुभयो।
बालबालिकामा कोरोनाको जोखिम कम हुने, ८० प्रतिशतमा न्यून र ३ प्रतिशतमा बढी जोखिम हुने डाक्टर सुदर्शन थापाले बताउनुभयो।

 

कोरोना भाइरस कुन प्राणीबाट सरेको भन्ने निश्चित नभएकाले माछामासु किन्न जाँदा ज्युँदा पशुपन्छीसँग नजिक नहुन डाक्टर थापाले सुझाव दिनुभएको छ। चिकित्सकका अनुसार रुघाखोकी लाग्ने, सासफेर्न अप्ठ्यारो हुने, १ सय ४ डिग्री बढी ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने र शरीर शिथिल हुनु नै कोरोनाको लक्षण हो।