सञ्जय कार्की, रौतहट।
पर्याप्त शिक्षक भए पनि दरबन्दी मिलान नगरिकनै जिल्लाका अधिकांश विद्यालयले उच्च माध्यमिककै संरचना (जोड दुई) मा बिद्यालय सञ्चालन गरेर बिद्यार्थीमाथि आर्थिक शोषण गरिरहेको पाइएको छ ।
उच्च माध्यमिक विद्यालयलाई सरकारले खारेज गर्दै दुई तहको बिद्यालय कायम गरेको छ । १ कक्षादेखि ८ कक्षासम्म आधारभूत तह र ९ कक्षा देखि १२ कक्षा सम्म लाई माध्यमिक तह कायम गरेको छ ।
दुई बर्ष अघि शिक्षा ऐनको नवौं संशोधनबाट कायम भएको माध्यमिक तहलाई रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको जनज्योति माध्यमिक बिद्यालय लगायत अधिकांश विद्यालयले उच्च माध्यमिककै संरचनामा (जोड दुई ) संचालन गरेर विद्यार्थीमाथि आर्थिक शोषण गर्दै शिक्षकहरुले दोहोरो तलब सुविधा लिँदै आएको पाइएको छ ।
विद्यालयले उच्च माध्यमिक तहको संरचनामा ११ कक्षाका विद्यार्थीसँग वार्षिक ८ हजार र १२ कक्षाका विद्यार्थीसँग ७ हजार असुलेर शिक्षकहरुले दोहोरो भता, तलब सुविधा लिईरहेको पाइएको हो ।
देशमै शिक्षा क्षेत्रमा पछि परेको रौतहटका बासिन्दाको गरिबी अबस्था पनि प्रदेश नम्बर २ का ८ जिल्लामध्ये सबैभन्दा अगाडि रहेको छ तर सबैलाई शिक्षामा पहुँच पु¥याउनुको बदला विद्यालयहरुले बिभिन्न बहाना बनाएर गरिब विद्यार्थीसंग महँगो शुल्क लिएर शिक्षकहरुलाई दोहोरो तलब खुवाइरहेको पाइएको छ ।
जसबाट अधिकांश एसईई उत्तीर्ण गरेका बिद्यार्थी कक्षा ११ र १२ मा अध्यन गर्नबाट वञ्चित भएका छन् । संशोधित शिक्षा ऐनसँगै एसएलसी परीक्षा लिने परीक्षा नियन्त्रण कार्यालय र ११ कक्षा र १२ कक्षाको परीक्षा लिने उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गरेर परीक्षा लिँदै आएको छ । राष्ट्रिय नीतिअनुसार कक्षा १ देखि १२ कक्षासम्म एउटै समयमा बिद्यालय सञ्चालन गर्नुपर्ने अवधारणाविपरीत चन्द्रपुर नगरपालिकाभित्रका जनज्योति माध्यमिक विद्यालयलगायत अधिकांश विद्यालयले पुरानै संरचनाअनुसार बिद्यालय संचालन गरेर विद्यार्थीमाथि आर्थिक शोषण गरिरहेको पाइएको छ ।
राष्ट्रिय नीतिअनुरुप कक्षा १ देखि १२ सम्म विद्यालय सञ्चालन गर्दा कक्षाकोठा अपुग भएमा आधारभूत तह र माध्यमिक तहलाई दुई चरणको समयमा संचालन गर्न सकिने प्राबधानलाई लत्याउँदै कक्षा ११ र १२ लाई उच्च माध्यमिक तहकै संरचनामा छुटै समयमा सञ्चालन गरेको पाइएको छ ।
चन्द्रपुर नगरपालिकामा रहेको जनज्योति माध्यमिक तहको दरबन्दीमा ११ जना अनि अनुदान र करार ३ जना गरी १४ जना शिक्षक कार्यरत रहेका छन् । जसमध्ये १२ जना स्नातोकत्तर उत्तीर्ण शिक्षक छन् ।
तर पनि विद्यालयले दरबन्दी मिलान नगरिकनै शिक्षकहरुलाई आर्थिक लाभ पु¥याइरहेको छ ।
यस्तै एक जना शिक्षकले दैनिक पाँच घन्टी र सातामा कम्तीमा २४ घण्टी अध्यापन गर्नुपर्ने हुन्छ तर उक्त अबधिको घन्टीको अध्यापनसमेत नहुने गरेको पाइएको छ । यतिमात्र नभएर बिद्यालय समयमा समेत जनज्योति माध्यमिक विद्यालयका शिक्षक कलेज र बाहिरको विद्यालयमा अध्यापन गर्न जाने गरेको समेत पाइएको छ ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखा चन्द्रपुरका अधिकृत दीपेन्द्रकुमार मण्डलले दुई तहको बिद्यालय संचालन गर्नु पर्ने बताउनु भयो । त्यस बाहेक संचालन गरे ऐनबिपरित हुने उहाले बताउनुभयो । जनज्योति माध्यमिक बिद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्यापन गरे बापत छुटै दशै पेश्किसहित १३ महिनाको तलबसमेत बुझ्दै आएको पाइएको छ ।
सो बिद्यालयका माध्यमिक शिक्षकहरुले एउटै समयमा बिद्यालय संचालन गर्दा दोहोरो सुबिधा लिन नपाईने भएपछि पुरानै संरचना अनुसार कक्षा संचालन गर्दै आएको खुल्न आएको छ ।
करिब नौ महिना अध्यापन गरेर १३ महिनाको तलब लिँदासमेत सरोकारवाला निकायको ध्यान पुग्न नसक्नु दुःखको कुरा हो । शिक्षा विकास समन्वय इकाइ रौतहटका प्रमुख रामविनय सिंहले उच्च माध्यमिक विद्यालयको अवधारणामा विद्यालय संचालन गर्न नपाइने बताउनुभयो ।
प्रतिक्रिया