न्युयोर्क, (एजेन्सी)
अमेरिका र मेक्सिकोबीचको सीमा पर्खालबाट खसेर ग्याटेमालाकी एकजना १९ वर्षीया गर्भवती महिलाको ज्यान गएको छ। टेक्सासको एल पासो नजिकको स्टिलको बारमा चढ्ने कोसिस गर्दा मिरियाम स्टेफानी गिरोन लुना नामक महिला चिप्लेर खसेकी थिइन्।
तत्कालै अस्पताल पुर्याइएकी उनको आपत्कालीन सी–सेक्सन विधिबाट बच्चा जन्माउन चिकित्कहरूले गरेको प्रयास असफल भएको थियो। अधिकारीहरूले नयाँ प्रतिवन्ध बाबजुद पनि आप्रवासीहरू अमरिका आउन कति मरिहत्ते गर्छन् भन्ने पुष्टि भएको बताएका छन्।











प्रतिक्रिया