बिल गेट्स कम्पनी बोर्डबाट हट्ने 


न्युयोर्क, (एजेन्सी)

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले मानव हक हित र सेवाका गतिविधिमा थप समय दिने उद्देश्यले कम्पनीको बोर्डबाट राजीनामा दिने भएका छन्। उनले अब आफूले बढीभन्दा बढी समय विश्वव्यापी स्वास्थ्य, विकास, शिक्षा र जलवायु परिर्वतन समस्या समाधानमा ध्यान केन्द्रित गर्न चाहेको बताएका छन्।

विश्वका सबैभन्दा धनी पुरुषहरूमध्ये एक ६५ वर्षीय गेट्सले वारेन बफेटको ठूलो सेयर रहेको कम्पनी बर्कसायर हाथवेको बोर्ड पनि छाडेका छन्। गेट्सले सन् २००८ मै माइक्रोसफ्टको दैनिक कार्यबाट आफ्नो भूमिका छोडेका थिए।

आफ्नो पछिल्लो कदम घोषणा गर्ने क्रममा कम्पनी सधँै आफ्नो जीवनको एक अभिन्न अंगको रूपमा रहेको र आफू यसको नेतृत्वमा निरन्तर सक्रिय रहने बताएका छन्। साथै, उनले विश्वको वर्तमान कडा चुनौतीविरुद्ध पनि आफू अझै बढी प्रभावकारी ढंगले मूर्छित रहने बताएका छन्।

फोब्स पत्रिकाका अनुसार कुल १ सय ३ अर्ब ६० करोड अमेरिकी डलरका मालिक गेट्स अमेजनका संस्थापक जेफ बेजोस पछिका विश्वका सबैभन्दा धनी व्यक्ति हुन्।