डोटीका तिन सडक कालोपत्रे हुँदै

0
Shares

नेपाल समाचारपत्र, डोटी ।

वर्षौं पहिले निर्माण गरिएका जिल्लाका तीनवटा ग्रामीण सडक कालोपत्रे हुने भएको छ ।

 

सुदूरपश्चिम सरकारले सिलगढी ओखरबोट साइल बगलेक झिग्राना सडक, सिलगढी–कलेना–दल्लेक–मेल्लेक–बझाङ जोड्ने सडक र राजपुर फलेडी धिर्कामाण्डौैंं जोड्ने सडक कालोपत्रेको तयारी गरेको छ ।

 

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड््ने सिलगढी झिग्राना सडकमा १५.६ किलोमिट कालापेत्र गर्न रु ४० करोड, सिलगढी मेल्लेक हुँदै बझाङ जोड्ने साढे ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि रु. १५ करोड ९७ लाख १२ हजार ५ सय ४२ र राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौं जोड्ने साढे ९ किलोमिटर सडक कालोपत्रे गर्नका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४ सय ९५ रुपियाँमा ठेक्का कबुल गरिएको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । उहाँका अनुसार तीनवटै सडकको आउँदो २०७८ सालको असार ३० गते कालोपत्रेको काम सक्ने गरी सम्झौता गरिएको छ ।

 

जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीनवटा सडकअन्तर्गत ३२.६ किलोमिटरका लागि कुल रु ७८ करोड ८८ लाख ६२ हजार ३७ रुपियाँको लागतमा सडक कालोपत्रेको काम शुरु हुने पूर्वाधार बिकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक विस्तारको काम हुने भएको छ ।

 

डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रेको काम शुरु भएको हो । मुख्य राजमार्ग मात्र कालोपत्रे रहेको डोटीमा पहिलोपटक र एकैपटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्रे हुने भएपछि यहाँका स्थानीयबासी निकै खुसी भएका छन् ।

 

सिलगढी–झिग्राना सडक चन्द्र एन्ड वसन्त कन्स्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्र/पीएस जेभी र राजपुर फलेडी धिर्कामाण्डौं सडक केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

 

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्रे हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक खप्तडमा ओइरो लाग्नेमा दुई मत नहोला ।