नाकावन्दीको हल्लाले राजधानीबासी त्रसित

0
Shares

नेपाल समाचारपत्र,काठमाडौँ ।

कोरोना भाइरसका कारण भारतबाट नेपाल भित्रने मालसामानमापनि भारतले प्रतिवन्ध लगाएको हल्लापछि बजारमा किनमेल गर्ने भीड बढेको छ । एकाएक शान्त रहेको काठमाडौका बजारमा भिड लाग्न थालेको छ ।

 

बिदेशमा रहेका आफन्तहरुले नेपालमा फोन गरेर भारतबाट आउने सामानहरुमा बन्देज लगाएको भन्दै सामान खरिद गरेर राख्न आग्रह गरेपछि बिहीबार बजारमा किनमेल गर्नेको संख्या ह्वात्तै बढेको छ । भारतबाट सामान नआउने हल्ला फैलाएर बजारमा सामान अभावगर्नेहरुले उक्त काम गरेको आशंका गर्दै सरकारले हल्लाको पछि नलाग्नपनि आग्रह गरेको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भारतबाट आउने सामानमा कुनै समस्या नरहेकाले भ्रममा नपर्न राजधानी लगायत देशभरका जनतालाई आग्रह गरेको छ ।

 

तर लामो समयसम्म भारतले नाकावन्दी गर्ने संभावना रहेको भन्दै बजार धाउनेको संख्या ह्वात्तै बढेको भन्दै सरकारले सामान थुपारेर नराख्न र कालाबजारी नगर्न पनि आग्रह गरेको छ । तर सरकारको भनाइलाई वेवास्था गर्दै सामान किनमेल गर्नेको संख्या बढेको छ ।

 

राजधानीमा केही दिन यता माक्स, स्यानिटाइजर, भात पकाउने ग्यासको तीव्र अभाव र्सिजना भएको छ । कोरेना भाइरसको हल्लाले उपत्यकाबासीले घर घरमा ३–४ वटा सम्म ग्यास स्टक गर्न थालेपछि अहिले ग्यासको चरम अभाव हुदै गएको छ ।

 

हरेक दिन उपत्यकामा ३३ सय मेट्रिकटन ग्यांस खपत हुने गरेकोमा अहिले दैनिक ४७ सय मेट्रिक टन ग्यास खपत हुने गरेको नेपाल ग्यास उत्पादक संघले जनाएको छ । संघले ग्यास आपुर्तिमा समस्या नरहेको र ग्यास भण्डारण नगर्न पटक पटक आग्रह गरेको भएपनि ग्यास स्टक गर्नेको संख्या दैनिक बढेको देखिन्छ ।

 

राजधानीका केही ग्यास डिपोहरुले ग्यास लुकाएर आफ्ना मान्छेलाई दिने र कृर्तिम अभाव देखाएर बढी मुल्यमा बेच्ने गरेको पाइएको छ । ग्यास नपाए केही दिन देखि ग्यासको खोजीमा हिडेका कलंककी श्यामकाजी बस्नेत भन्छन –पहिला स्टक गरिएन अहिले ग्यास खोज्न हिडेको तीन दिन भयो अहिले सम्म ग्यास पाएको छैन ।

 

सरकारले अभाव छैन भन्छ बजारमा ग्यास पाईदैन बस्नेतले दुखेसो पोख्नुभयो । उहांले भन्नुभयो – कालाबजारी गर्नेमाथि सरकारले कारवाही गर्नुपर्ने हो अहिले सम्म सरकार कानमा तेल हालेर बसेको छ ।