दुर्घटनामा तीनको मृत्यु

0
Shares

नवलपरासी, (नेस)

पूर्वी नवलपरासीमा मंगलबार राति भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा दाङ निवासी ५३ वर्षीय विमलचन्द्र सुवेदी र गोर्खा पालुङटार १० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेका छन्।

कुँवरलाई रातको समयमा ना३च २२६१ नम्बरको बलेरो जिपले पूर्व–पश्चिम राजमार्गको गैंडाकोटस्थित जनक माविअगाडि ठक्कर दिएको थियो।
जिपको ठक्करबाट गम्भीर घाइते कुँवरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी, बुलिङटार–१ तराङखोलामा भएको जिप दुर्घटनामा परी घाइते भएका ५ जनामध्ये विमल सुवेदीको पनि नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गैंडाकोटबाट बुलिङटारतर्फ जाँदै गरेको अ यो ००२७ नम्बरको बलेरो जिप पहाडी बाटोको तराङखोलामा सडकबाट करिब १ सय मिटर तल खस्दा दुर्घटना भएको थियो।

सो दुर्घटनामा परेका अन्य घाइतेमा चितवन राप्ती–४ का २२ जिप चालक वर्षीय निर्जल हुमागाईं र रौतहट बाग्मती–४ का ३९ वर्षीय दलबहादुर सलामी मगर रहेका छन्। यसैगरी, नुवाकोट ककनी–४ का २६ वर्षीय रितिक लामा र ठेगाना नखुलेका २६ वर्षीय गौतम घले पनि घाइते भएको प्रहरीले जनाएको छ।