गाँजासहित जेनिसा पक्राउ

0
Shares

भक्तपुर, (नेस)
चाँगुनारायण नगरपालिका–६ नगरकोट बसपार्कबाट अवैध रूपमा लुकाइछिपाई राखेको करिब १.५ किलो गाँजासहित सुर्खेत घर भई हाल काठमाडौं सिनामंगल बस्ने जेनिशा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नगरकोटबाट खटिएको प्रहरीले ना२८प २५३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो।
साथै, उक्त मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।