अन्तराष्ट्रिय महिला दिवस राजनैतिक चेतना र जागरण विस्तारको अवसरः मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा अन्तराष्ट्रिय महिला दिवस लिएको बताउनु भएको छ ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गदै उहाँले समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । .
अन्तराष्ट्रिय महिला दिवस महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा विश्वमा मार्च ८ लाई मनाइन्छ । उहाँले जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाहरुले गरेको संघर्ष निकै अविस्मरणीय रहेको उल्लेख गर्नु भएको छ ।
महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाईमा मात्रै सिमित नभएर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण र फराकिलो दायरामा विस्तार भएको समेत उहाँले औल्याउनु भएको छ ।
लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसको सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै महिलाहरुको सक्रियता, जुझारुपन र अठोटको हार्दिक सम्मान व्यक्त गर्नु भएको छ ।
विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको बताउदै मुख्य मन्त्री पोखरेलले राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था भएको पनि जनाउनु भएको छ
समावेशी, समानुपातिक र लैंगिक हिसाबले पनि नेपालको संविधान विश्वमै नमूना छ । महिला समानतासंग सम्बन्धित विभिन्न विषयलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको उहाँले उल्लेख गर्नु भएको छ
विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा हामी जुटिरहेका पनि शुभकामना सन्द्येशमा रहेको छ ।
अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन, यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी रेहाको उहाँले जोड दिनु भएको छ
कानुनको सही कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउदै अघि बढे हामी यी समस्याको समाधान गर्न सक्छौं । यस वर्षको महिला दिवसको नारा समानताको पुस्ताः अन्त्य गरौं, हिंसा, विभेद र असमानता रहेको छ ।
संविधानको सफल कार्यान्वयन गर्दै समतामुलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न सबै राजनैतिक दल,समुदाय,संघसंस्था र आम नागरिकमा मुख्य मन्त्री पोखरेलले हार्दिक अपील गर्नु भएको छ ।
यो वर्ष कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले भेला,सभा र सम्मेलन नगर्न आग्रह गरेको छ भन्दै अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाऔं । यो वर्षको अन्तराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरस विरुद्धको सर्तकता र सचेतना दिवसको रुपमा मनाउन अपील समेत गर्नु भएको छ । यसैबिच प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले ११० आंै अन्तराष्ट्रिय महिला दिवशको अवसरमा शुभकामना दिनु हुदै दिवशले महिला शसक्तिकरणमा अझै उर्जा मिल्न विश्वास व्यक्त गर्नु भएको छ ।
सन १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा श्रमिक महिलाहरुले गरेको आन्दोलनको स्मरण गर्दे विश्वभर आईतवार जारी शुभकामना सन्देशमा मन्त्री बरालले श्रमिक महिलाहरुको आन्दोलनले महिलामा राजनितिक चेतना वृद्धि भएको उल्लेख गर्नु भएको छ ।
पा