मानिसलाई घर बस्न स्पेनको आदेश

0
Shares

एजेन्सी ।

स्पेनी भ्यालेन्सियाका ६९ वर्षीय एक वृद्धको कोरोना भाइरसबाट मृत्यु भएको छ । यस प्रकोपबाट उनको पहिलो मृत्यु भएको एक स्थानीय स्वास्थ्य अधिकारीले जनाएका छन्।

फेब्रुअरी १३ मा मरेका उक्त व्यक्ति भाइरसले मरेको पोस्टमार्टम गरिएको परीक्षणले देखाएको क्षेत्रीय स्वास्थ्य प्रमुख आना बार्सेलोले एक प्रेस सम्मेलनमा मार्फत जानकारी गराएको हो।

मन्त्रालयले उत्तरी इटालीजस्ता कोरोनाभाइरसका लागि जोखिमयुक्त क्षेत्रमा न जान सबैलाई आग्रह समेत गरेको छ ।

श्रम मन्त्रालयले बुधवार विज्ञप्ती जारी गर्दै कम्पनीहरुलाई भनेको छ ‘कार्यस्थलमा कोरोनाभाइरस प्रसारणको जोखिम छ भने गतिविधिहरु रोक्नुहोस।’

भोदाफोन एस्पानाले २ हजार २ सय कर्मचारीलाई म्याड्रिड मुख्यालयमा शुक्रवारदेखि टाढाबाट काम गर्ने सम्भाव्यताको परीक्षण गर्न बताइसकेको छ । कोरोनाभाइरसको संकटले बढी मानिसलाई घर बस्न बाध्य तुल्याउने सम्भावनाको पूर्वानुमान गरिसकेको छ।