गुल्मीमा बेवारिसे शव फेला

0
Shares

गुल्मी, (नेस)
एक पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चूणामणि पुनले बताउनुभयो ।
सावधारास्थित फनबहादुर खड्काको खरबारीमा नाङ्गो अबस्थामा मृत व्यक्तिको ५फिट ४ इन्च उचाइ, मझौला शरीर, दाह्री कपाल पालेको, कालो ज्याकेट कालो पाइन्ट लगाएको, एसो हेर्दा तराई मूलको जस्तो देखिने व्यक्ति रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टक गरी गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शबको सदगत गरेको छ । कहीकतैबाट पनि पहिचान हुन नसकेपछि सदगत गरिएको प्रहरीले जनाएको छ । जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित बालमन्दिरमा बिरामी अबस्थामा फेला परेका नाम थर वतन नखुलेको मधेसी मूलको व्यक्ति गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।