सुनको मूल्यमा ५ सय रुपियाँले गिरावट

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७९ हजार २ सय रुपियाँमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा ५ सय रुपियाँको गिरावट भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ७९ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो। शुक्रबार तेजावी सुन प्रतितोला ७८ हजार ९ सय रुपियाँमा कारोबार भएकोे छ।

महासंघका अनुसार चाँदीको मूल्य भने शुक्रबार २० रुपियाँले घटेको छ। चाँदी बिहीबार ८ सय ८० रुपियाँमा कारोबार भएकोे छ। बिहीबार चाँदी ९ सय रुपियाँमा कारोबार भएको थियो।