दिल्लीमा नेपाल भ्रमण वर्ष प्रचार गरिने

0
Shares

बुटवल, (नेस)
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मानव कल्याण मित्र मन्च नेपालले भारतमा प्रचारात्मक कार्यक्रम गर्ने भएको छ। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि भारतमा प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरिएको मित्र मन्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनुभयो।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मित्र मन्चले भारतको नयाँदिल्लीमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार कार्यक्रम गर्ने निर्णय गरेको छ। भारतमा हरेक वर्षको मार्च ८ मा नेपालीको संस्था प्रवासी नेपाली मित्र मन्चले महिला हिंसाविरुद्ध चेतनामूलक कार्यक्रम गर्दै आएको छ। नेपालमा गठन गरिएको त्यसैको भगिनी संस्था मानव कल्याण मित्र मन्चले नेपालका पर्यटकीय क्ष्ोत्रहरूलाई समेटेर बनाइएको डकुमेन्ट्रिसमेत प्रदर्शन गरिने संस्थाका महासचिव गोविन्द पोखरेलले जानकारी गराउनुभयो।