ट्याक्टर दुर्घटनामा आठ घाइते

0
Shares

दयाराम पण्डित, बाजुरा
गौमुल गाउँपालिकाको सिमधारामा मंगलबार बिहान ट्याक्टर दुर्घटना भएको छ। निलासेनबाट घटमुनातर्फ आउँदै गरेको सुपप्र०१००२त ४९९ नम्बरको ट्याक्टर सिमधारास्थित कच्ची सडकमा दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गौमुलेले जनाएको छ। प्रहरीका अनुसार घाइते हुनेमा गौमुल गाउँपालिका–४ कौणाकोट बस्ने ट्याक्टर साहु ४८ वर्षीया तुला बुढा, सोही वडाकै १८ वर्षीया अनुप रोकाया, १९ वर्षीया भुवन बुढा, १५ वर्षीया स्मृति सार्की, १५ वर्षीया सुर्मा सार्की, १६ वर्षीया सरिता सार्की, १७ वर्षीया सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षीया दीपक रोकाया र सोही गाउँपालिका ६ का २१ वर्षीया ट्याक्टर चालक प्रकाश रोकाया रहेका छन्।
ट्याक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने ट्याक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिनुुभएको छ। ट्याक्टर सडकभन्दा करिब सय मिटर तल खसेको थियो। कच्ची ओरोलो बाटोमा नियन्त्रणबाहिर गएर ट्याक्टर दुर्घटना भएको जनाइएको छ।