कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

0
Shares

काठमाडौं, (नेस) ।

कर्तव्य ज्यान मुद्दामा फरार २ प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जको प्रहरीले आइतबार काठमाडौं गोठाटारबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर गाउँपालिका–७ का ७३ वर्षीय यज्ञप्रसाद चौलागाईं र सोही ठाउँ बस्ने ३४ वर्षीया सम्झना भन्ने टीकाकुमारी चौलागार्इं रहेका छन्।

२०७३ कात्तिक ३० गते सिन्धुली भीमेश्वरस्थित विकासे कुलो नजिकै तुलसाकुमारी पहाडीको शव फेला परेको र उनलाई ससुरा नाता पर्ने यज्ञप्रसाद र देउरानी नाता पर्ने टीकाकुमारीले कुटपिट गरी कर्तव्य गरी मारेर फालेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले २०७६ जेठ १० उनीहरूलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो।

उक्त सजाय बेरुजु रही दुवै प्रतिवादी फरार रहेका थिए। फैसला कार्यान्वयनका लागि दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ।