सरकारी कागजात किर्ते गर्ने चार समातिए

0
Shares

काठमाडौं, (नेस)

सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाजुरा घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने वर्ष २८ का रमेशबहादुर कटुवाल, वर्ष २८ कै प्रकाश कटुवाल तथा २६ वर्षीय जनक कटुवाल र ललितपुर लगनखेल बस्ने ४० वर्षीय शिरबाबु महर्जन रहेका छन्।

रमेश, प्रकाश र जनकलाई सरकारी कागजपत्रहरू किर्ते गरेको विषयमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरूले प्रयोग गरेको नक्कली कागजपत्र बनाउने छापाखानासम्बन्धी कुराहरू खुल्न आएपश्चात् ललितपुर महानगरपालिका–१९ लगनखेलस्थित एलपी छापाखानाबाट नक्कली छापहरू बनाउन प्रयोग हुने कम्प्युटर, पेन ड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्यामसहित शिरबाबुलाई समेत प्रहरीले पक्राउ गरेको हो।

उनीहरू उपर सरकारी छाप किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।