क्याट यूकेलाई सहयोग

0
Shares

सञ्जयभक्त कँडेल, लन्डन ।

ग्रेसटमा रहेको बेलिफ रेस्टुरेन्टले क्याट यूकेलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। बेलिफ रेस्टुरेन्टद्वारा आयोजना गरिएकोे च्यारिटी डिनरमा सोको घोषणा गरिएको हो।

‘नेपाली समाजमा दिइने सहयोगको यो निरन्तरता मात्रै हो’, रेस्टुरेन्टका प्रोपाइटर तथा समाजसेवी विष्णु खरेलले भन्नुभयो– ‘आगन्तुक सबैलाई धन्यवाद छ।’ च्यारिटी डिनरमा २ लाख ५० हजार संकलन गरिएको थियो। संकलित रकम एक समारोहबीच क्याट यूकेका अध्यक्ष जीवन सेनलाई हस्तान्तरण गरिएको थियो।

चितवनका विभिन्न क्षेत्र शिक्षा, स्वास्थ्य तथा प्राकृतिक व्यवस्थापनमा सहयोग गर्दै आएको क्याट यूकेलाई यसपटक अनाथ बालबालिकाका लागि सहयोगार्थ च्यारिटी डिनर आयोजना गरिएको हो। क्याट यूके (चितवन एड ट्रस्ट) ले जिल्ला शिक्षा कार्यालय, सिडियो कार्यालयलगायतका स्थानीय निकायसँग सहकार्य गर्दै निरन्तर आपूmलाई सहयोगी संस्थाका रूपमा स्थापित गरेको छ।

बेलिफ रेस्टुरेन्टले ग्रेसटमा बस्ने स्थानीयलाई निमन्त्रणा गरी च्यारिटीका लागि सहयोग रकम संकलन गरिएको थियो। च्यारिटी डिनरलाई सहयोग गर्न समाजसेवी शेर सुनार, लन्डनबाट क्याट यूकेका अध्यक्ष जीवन सेन, नेपाल प्रेस युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेल, नेपाल प्रेस युनियन यूकेका अध्यक्ष विपिन निरौला, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष युवराज अर्याल, नेपाल प्रेस युनियनका सचिव मन्दिप केसी, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष नवीन पोख्रेल, एनआरएनए यूकेका कार्यसमिति सदस्य प्रकाश कंडेल, फोटो पत्रकार शंकर श्रेष्ठ, सिर्जनशील नेपाली समाज यूकेका अध्यक्ष भक्त दर्जीलगायतको उपस्थिति रहेको थियो।