चिकित्सा उपकरणमा जापानको सहयोग

0
Shares

काठमाडौं, (नेस)

नेपालका लागि जापानी राजदूतावासले बाँके जिल्लाका लागि चिकित्सा उपकरण सहयोग गरेको छ।

काठमाडौंस्थित राजदूतावासले प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराएअनुसार दूतावासस्थित मेडिकल अधिकारी डा. सिमिजु आत्सुमीको उपस्थितिमा कञ्चनपुर तथा बाँके जिल्लाका लागि गत साता चिकित्सा उपकरण हस्तान्तरण गरिएको हो।

बाँकेमा सञ्चालित नवजात शिशु र बाल स्वास्थ्य परियोजनाद्वारा निर्मित स्वास्थ्य चौकी पनि जापानकै सहयोगमा तयार भएको हो। जापानी गैसस परियोजनाअन्तर्गत सञ्चालित आड्राले नेपाली साझेदारसँगको सहकार्यमा सो स्वास्थ्य चौकी तयार गरेको हो। आड्राले स्वास्थ्य चौकी पुनर्निर्माण र विस्तार गर्नुका साथै मेडिकल कर्मचारीका लागि मुख्य प्रशिक्षक प्रशिक्षण तालिम पनि सञ्चालन ग¥यो।

चिकित्सा उपकरण हस्तान्तरण समारोहमा डा. सिमिजुले स्थानीय महिला तथा बालबालिकाको स्वास्थ्य सुधारमा प्रदान गरिएका सामग्री उपयोगी हुने विश्वास व्यक्त गर्दै यस कार्यले नेपाल–जापानबीच दौत्य सम्बन्ध विस्तारमा पनि योगदान दिने धारणा राख्नुभयो।