मुटु चोरेको भन्दै युवतीविरुद्ध प्रहरीमा उजुरी



ऐजेन्सी । आफूले दुख गरी अर्जेको धनमाल चोरी हुँदा सबै मानिस आत्तिएका हुन्छन् नै । आफ्नो सर-सामान खोजीदिन प्रहरीमा उजुरी दिने पनि गरिन्छ ।

तर भारतका एक युवक भने आफ्नो मुटु चोरी भएको भन्दै प्रहरीसमक्ष उजुरी दिन पुगेका छन् । यो अचम्म लाग्दो घटना महाराष्ट्रको नागपुर भन्ने ठाउँमा घटेको हो । नागपुरका एक युवकले आफ्नो मुटु एक युवतीले चोरी गरेको बताउदै खेजीदिन आग्रह गरेका हुन् । उनको यस्तो उजुरीले चौकीमा रहेका प्रहरी समेत अचम्मित परेका थिए ।

आफ्नो मुटु एक युवतिले चोरेको हुनाले फिर्ता ल्याइदिन प्रहरीमा उजुरी दिन पुगेका युवकको उजुरीबारे इन्तु न चिन्तु बनेका ड्यूटीमा खटिएका प्रहरीले माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए । अनौठो प्रकारको उजुरीले अचम्मा परेका उच्च अधिकारीहरुले यस प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको बताउदै ती युवालाई घर फर्काएका थिए ।

केही हप्ता अगाडि भएको एक कार्यक्रममा बोल्दै नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले यस घटनाको खुलासा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्