भ्रमण वर्ष लक्षित कार्यक्रम नहुँदा पर्यटन व्यवसायी चिन्तित

0
Shares

शिक्षा पन्त, लमजुङ ।

पर्यटनको प्रबल सम्भावना रहेको र पर्यटकीय हिसाबले परिचित लमजुध्रमा नेपाल भ्रमण वर्ष २०२० का गतिविधीले स्थान पाउन सकेको छैन। पर्यटकीय जिल्लामा भ्रमण वर्षको गतीविधि नहँुदा यहाँका पर्यटन व्यवसायीहरु चिन्तीत बनेका छन्।

बेंसीशहरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजित पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका हुन्। बेसीशहर नगरपालिका भित्र रहेको पर्यटकीय स्थल तथा गन्तव्यको थप प्रवद्र्धन गर्ने उद्देश्यले राष्टिझय दलित पत्रकार संघ लमजुध्रद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँशहरस्थीत काउलेपानी होमस्टे व्यवस्थापन समितीका अध्यक्ष देवबहादुर गुरुध्रले पर्यटन वर्षलाई जोडेर सुचना प्रबाह तथा छलफल, गोष्ठि कार्यक्रम सञ्चलान गर्नुपर्ने बताउनुभयो। पर्यटकीय जिल्ला लमजुध्रमा भ्रमण वर्षका गतिविधी नहुनु र होमस्टे सञ्चालनमा आएका गाउँसम्म सडकको पहँुच पुग्नुपर्ने, नगरभित्र ओझेलमा परेका पर्यटकिय स्थलहरुको उजागर गर्नुपर्ने, होमस्टेहरुले आन्तरिक उत्पादनमा जोड दिदै गुणस्तरियातामा ध्यान दिनुपन अध्यक्ष देवबहादुर गुरुध्रको भनाई छ। कार्यक्रममा बेसीशहर नगरपालिका भित्रका गाउँशहर काउलेपानी होमस्टे, गाउँशहर दलित हामेस्ट, पुमागाँऊ होमस्टे, मगरपात्ले, चिसापानीलगायतका होमस्टे सञ्चालक समितिका अध्यक्ष एवं प्रतिनिधीहरुले होमस्टेमा हालसम्म गर्दै आएका अभ्यास र चुनौतीहरुको बारेमा आ√ना भनाई राखेका थिए।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सडक मार्गको पुहँचका कारण पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको बताउनुभयो। नगरपालिका भित्रको पर्यटकिय क्षेत्रको विकास र प्रर्वद्धनका लागि आवाश्यक पूर्वाधार निमार्णमा नगरपालिका लागिपरेको अर्यालको भनाई छ। राष्टिझय दलित पत्रकार संघ लमजुध्रका अध्यक्ष सरोज विश्वकर्माले लमजुध्र जिल्ला आफैमा पर्यटकिय हिसाबले सम्भावना बोकेको जिल्ला भएकोले पर्यटनको प्रवद्र्धन गर्नु सञ्चारकर्मीको पनि जिम्मेबारी भएकाले बेसीशहर नगरपालिकाभित्रका पर्यटकिय स्थलहरुको थप प्रबद्र्धन गर्न र भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।