समाचारपत्रकर्मी सम्मानित

0
Shares

डोटी, नेस

राष्ट्रिय समाचार समिति (रासस) र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा कार्यरत डोटीका पत्रकार विमल विष्ट सम्मानित हुनुभएको छ।

राष्ट्रिय समाचार समिति (रासस) को ५९औं वार्षिक उत्सवको अवरमा उहाँलाई सुदूरपश्चिम प्रदेशभरिकै रासस उत्कृष्ट पत्रकार घोषित गरी सम्मान गरिएको हो।

राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको एक कार्यक्रममा पत्रकार विष्टलाई नगद १५ हजार रुपियाँ र सम्मानपत्र तथा दोसल्लाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भद्म तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सम्मान गर्नु भएको थियो।

विष्ट विगत २१ वर्षदेखि डोटीमा कार्यरत रही पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आउनु भएको छ।