मधेसमा महिलाको उत्थानमा विशेष प्रयत्न

0
Shares

रौतहट, नेस । 

महिलाहरुको क्षमता बढाउने उद्देश्यले हरेक वर्षझै यस वर्ष पनि राजदेवी मिडिया प्रालिले साइकल दौड प्रतियोगिता सम्पन्न गरेको छ।

गौरमा बिहीबार उक्त प्रतियोगिताको उद्घाटन गर्नु हुँदै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा महिलाहरुको उत्थानमा विशेष प्र्रयन्त गर्न जरुरी रहेको बताउनुभयो। ञमहिलालाई अहिले पनि खेतीपाती, भातभान्छा, र बालबच्चालाई हेर्ने मात्र काम लगाएर अधिकार दियौं भन्छौं तर जवाना बदलिएको छु, उहाँले भन्नुभयो+ ञजसरी संसार र समाज बदलिएको छ त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्न जरुरी छ। महिलामाथि अनेक प्रकारको हिसा हुनु आफैमा दुःखद रहेको बताउनु हँदै जबसम्म छोरीलाई शिक्षित र महिलालाई अधिकार दिइन्नँ तबसम्म देशको विकास असम्भव रहेको बताउनुभयो।

मिडिया प्रालिले आठ वर्षदेखि रौतहटका महिलाबीच साइकल प्रतियोगिता गराउँदै प्रथम, द्वितीय र तृतीय हुने महिलालाई पुरस्कृतसमेत गर्दै आएको छ। सो प्रतियोगितामा सहभागी २७ जनामध्ये चन्चलकुमारी कोइरी प्रथम हुँदै ५० हजार नगद र साइकल प्राप्त गरिन्। दोस्रो रबिना साहले नगद ३० हजार र साइकल प्राप्त गरिन् भने तेस्रो हुने अञ्चलकुमारी साहले नगद २० हजार र साइकल प्राप्त गरेकी छन्।