जापानमा ५.६ म्याग्नीच्युडको भूकम्पको धक्का


काठमाडौँ ।

जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार बेलुका सवा आठ बजे भूकम्प आएको हाे ।

भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशील मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ ।

एजेन्सी