इटालीमा रेल दूर्घटना हुँदा दुई रेलवे कर्मचारीको निधन (भिडियाेसहित)


काठमाडौँ ।

इटालीमा बिहिबार बिहान रेल दूर्घटना हुँदा दुई रेलवे कर्मचारीको निधन भएको छ भने दुई दर्जनभन्दा धेरै घाइते भएका छन। उत्तरी इटालीको लोदी क्षेत्रमा मिलान शहर नजिकै फेरिका रोसी नामक हाइस्पीड रेल आफ्नो लीकबाट बाहिर आई दूर्घटनामा भएको हो ।

मीलान र बोलोग्ना लाइनको बिचमा यो दूर्घटना भएको हो । मिलान भन्दा ४० किमी पर यो रेल आफ्नो लीक भन्दा बाहिरिएको र रेलका डब्बाहरु उछिट्टिएका हुन् । दुर्घटनाका कारणहरुको अनुसन्धान भइरहेको अन्र्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

यूरोपको हाइस्पीड रेलमा भएको यस दूर्घटनालाई अति गहन रुपमा अध्ययन गरिने र यस्ता दूर्घटनाका कारणहरुको गहिराईसम्म पुगिने बताइएको छ ।

एजेन्सी