बालिका करणीको भिडियो बनाई पटकपटक करणी


काठमाडौँ ।

भारतको उत्तर प्रदेशको मुजफ्फरपुरमा बलात्कारको आरोपमा दुई जना प्रक्राउ परेका छन । कक्षा ९ मा पढ्ने नाबालक बालिकालाई बलात्कार गरेको र सो को भिडियो बनाई भविष्यमा पनि त्यसै भिडियोको आधारमा करकापमा पार्ने योजना समेत बनाएको खुल्न आएको छ ।

घरको भित्तामा रंग लगाउने तथा सफाईगर्ने मजदुर २१ वर्षका नायब र २२ वर्षका परवेजले एकवर्ष अघि घरमा काम गर्दा त्यसै घर मालिककी छोरीलाई बलात्कार गरेर उसले भिडियो बनाई वर्षदिनसम्म तिनलाई करकापमा पारी कैंयन पटक बलात्कार गर्ने गरेका प्रहरीले पुष्टी गरेको छ । हाल उक्त भिडियो विभिन्न अश्लिल साइटहरुमा सार्वजनिक भएपछि पीडितकी आमाले प्रहरीमा उजुर दिएपछि अपराधीहरु पक्राउ परेका हुन् ।

भारतमा अहिले बलात्कारसँग जोडिएका साइबर क्राइमका धेरै अपराधहरु आइरहेका पाइन्छन् । विशेषत बलात्कार पछिका भिडियो र त्यस भिडियोको आडमा ब्ल्याकमेल गर्ने र गोप्य भिडियोहरु खिचेर जीवनभर शारीरीक र आर्थिक शोषण आधूनिक भनाउदो मानव सभ्यताको ठूलो समस्या भइदिएको छ ।