विसं २०३७ साल सरस्वती पूजाको दिन ५ शिक्षक र ६५ विद्यार्थी जम्मा गरी धोवीघाटमा सञ्चालन भएको लिट्टल एन्जल्स स्कुलले ३९ वर्ष पूरा गरेको छ। सो विद्यालयले ४० वर्ष प्रवेश गर्दा संस्थापकद्वय उमेश श्रेष्ठ र विद्या लिम्बुलाई अभिनन्दन गरेको छ। शिक्षक र विद्यालय कर्मचारीका तर्फबाट विद्यालयका प्रिन्सिपल मुकुन्द शर्माले अभिनन्दन गर्नुभएको थियो।
करिब ५ हजार विद्यार्थी अध्ययरत सो विद्यालयले २५ वर्ष सेवा अवधि पूरा गरेका ५४ जना शिक्षक र कर्मचारीलाई जनही २५ हजारसहित सम्मान गरेको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल शर्मा र निर्देशक राजेश श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा बोल्दै संस्थापक एवं सांसद श्रेष्ठले शिक्षक र कर्मचारीका कारण विद्यालयले यो स्थानमा आएको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रलाई समेट्ने गरी युबी फाउन्डेसन स्थापना गर्ने बताउनुभयो। उहाँले नेपालकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न सफल विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको दाबी गर्नुभयो। उहाँले फाउन्डेसन स्थापना गरेपछि जनहितमा काम गर्ने बताउनुभयो।

कार्यक्रममा प्रिन्सिपल शर्माले दुई संस्थापक र विद्यालयको शिक्षक र कर्मचारीको कारण विद्यालय उत्कृष्ट शिक्षालयका रूपमा स्थापना भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अब विद्यालयले शिक्षामा थप सुधार गर्ने विश्वास लिएका छौं।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्द पोखरेल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा. हरि लम्साल, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जयराज अवस्थी, प्याब्सनका कोषाध्यक्ष सन्तोष न्यौपानेलागायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया