संसद्मा चार प्रतिवेदन पेस

0
Shares

काठमाडौं, (नेस)

प्रतिनिधिसभाको बैठकमा चार विधेयक पेस भएको छ। बुधबार बसेको संसद् बैठकमा दुई समितिको प्रतिवेदन पेश भएको हो। महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेकी गर्नुभयो भने शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पनि पेश गर्नुभयो।

त्यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभयो।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद उपेन्द्रप्रसाद यादव र सांसद सुरेन्द्रप्रसाद यादवलाई प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिमा नाम थप गरिएको जानकारी गराउनुभएको छ।