चीनबाट ल्याउने नेपालीलाई संसद भवनमै राखौं, नभए होटल हायात खाली गरौंः सांसद यादव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संघीय समाजवादी पार्टीका सांसद प्रदीप यादवले कोरोनाभाइरसको उद्गम थलो चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याएर राख्ने ठाउँ नभेटिए संसद भवन खाली गरेर राख्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद यादवले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाउनु दुखद भएको बताए ।

उनले भने, ‘‘चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर तर ठाउँ नै पाएको छैन ।

कि हामी संसद भवन नै खाली गर्दिउँ त सभामुख महोदय ?’ उनले वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न ठाउँ नभेटिए हायात होटल खाली गरेर राख्न सुझाव दिँदै उनले भने, ‘३० हजार रोपनी जग्गा कब्जा गरेर हायात होटल राखेको छ । त्यो खाली गरेर राखौं ।’

यादवको प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बानेश्वर हलमा राखेर रोग न्यूनिकरण हुने भए त्यस्तो ठाउँको अभाव नरहेको जवाफ दिए।