काठमाडौंका यी स्थानमा शनिबार दिनभर बत्ती नहुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चक्रपथ विस्तारका क्रममा शनिबार दिनभर बत्ती नहुने नेपाल विधुत प्राधिकरणले जनाएको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै शनिबार बिहान ७ देखि बेलुका ४ बजेसम्म बत्ती नहुने जनाएको हो।

प्राधिकरणका अनुसार महाराजगंज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन बन्द हुँदा वसुन्धारा सामाखुसी चोक, रानीबारी गोंगबु चोक टोखा रोडहुँदै ग्राण्डी हस्पिटललगायतका क्षेत्रमा बत्ती नआउने भएको हो।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सूचारु हुने प्राधिकरणले जनाएको छ।