वडा कार्यालयमा आगजनी

0
Shares

सल्यान, (नेस)।

सल्यानमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको छ। अज्ञात समूहले कपुरकोट गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको हो। बुधबार राति अज्ञात समूहले आगजनी गरेको वडा अध्यक्ष यमकुमार बस्नेतले जानकारी दिनुभयो। शितल बजारनजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर आगजनी गरेको उहाँले बताउनुभयो।

वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात र सामग्रीहरू जलेर नष्ट भएका छ्न्। बिहीबार बिहान १० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागी बारे थाहा भएको कार्यालय सहयोगी पदमबहादुर विकले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘ढोकाको ताला फोडेर भित्र पसी पेट्रोल छर्केर आगो लगाएको जस्तो देखियो, घटना बारे थाहा पाउनासाथ मैले वडा अध्यक्षलाई जानकारी गराएँ।’

पञ्जिकरणका सम्पूर्ण श्रेष्तासहितका महत्वपूर्ण कागजातहरू, डेक्स्टप कम्प्युटर एक थान, प्रिन्टर एक थान, सोफा, घुम्ने कुर्सी , टेबुल, कार्पेट, पर्दा, इन्टरनेट सम्बन्धी सामग्री, दराजलगायतका सामग्री पूर्ण रुपमा जलेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो।