सम्पदा अतिक्रमण बन्द गर्न आग्रह

0
Shares

ताप्लेजुङ, (नेस)।

फुङलिङमा लिम्बू जातिको धार्मिक सम्पदामाथि अतिक्रमण भएको भन्दै युमा सम्यो महासभा नेपालले पत्रकार सम्मेलन गरी विरोध जनाएको छ।महासभाले बुधबार जिल्ला प्रशासन कार्यलय ताप्लेजुङ र फक्तालुङ गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ।

युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार वनेमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पुरातात्विक स्थलहरूमा सिमेन्ट, रडजस्ता विभिन्न मानवीय भौतिक संरचनाहरू निर्माण भइरहेकाले यस्तो प्रविधिले लिम्बू जातिको धार्मिक आस्था र विश्वासमा अतिक्रमण हुन खोजेको बताइएको छ।

प्राचीन ऐतिहासिक ठाउँ लिम्बू जातिसँग सम्बधित लाखौं वर्षअघिको सभ्यता नष्ट गर्न खोजेकाले युमा असम्यो महासभाले आपत्ति जनाएको केन्द्रीय अध्यक्ष वनेमले बताउनुभयो।