नेपालमा जलक्रीडाको भविष्य



प्रा.डा. प्रेम शर्मा

नेपाल पर्यटकीय दृष्टिकोणले अपार सम्भावना भएको मुलुक हो। यहाँको पर्यटन सम्पदालाई राज्यको आयआर्जन र राष्ट्रिय स्रोतको रूपमा लिने गरिएको छ। पर्यटनका बहुआयामिक विधाहरू हुन्छन्। प्राकृतिक मनोरम दृश्यावलोकन, जैविक विविधता, मानव सृजित संस्कृति एवं कलाकौशल, साहसिक पदयात्रा, प्याराग्लाइडिङ, स्काई डाइभ, कानुनी ट्रफी (वन्यजन्तु सिकार) आदि पर्यटकीय आकर्षणका पाटाहरू हुन्।

सबैलाई एउटै तृष्णा हुँदैन। कसैलाई आँखाको दृश्य त कसैलाई स्वादको, कसैलाई बास्नाको त कसैलाई स्पर्शको इच्छा हुन सक्छ। त्यसैले पर्यटन व्यवसायीले जुनसुकै इच्छा राख्ने पर्यटक आफ्नो आतिथ्यतामा आइपुग्दा उसले इच्छाएको कुरा छान्ने र रमाउने वातावरण बनाउन अनि साधन–स्रोत उपलब्ध गराउन सक्नुपर्छ। यहाँ जे छ त्यो खा, त्यो गर्, चित्त बुझा भनेर व्यवसाय फस्टाउन सक्दैन।

साथै नदी, तालतलैया र समुद्रमा खेलिने थुप्रै खेलमध्ये नेपालको नदीमा गरिने जलक्रीडा (यात्रा) विश्वमा धेरै लोकप्रिय र सहज मानिन्छ। त्यसैले यस स्थानलाई विश्वकै उच्चस्तरमा अर्थात् ३ नम्बरमा साहसिक गन्तव्यको रूपमा गणना हुने गरेको छ।

नेपालका ६ हजार खोलानाला र नदीहरूको सम्भाव्यताअनुसारको गन्तव्यको रूपमा लिने हो भने झन्डै १ नम्बर गन्तव्यको रूपमा लिन सकिन्छ। तर पानीको भरमा मात्रै गरिने क्रियाकलापहरूमा नौका विहार, कायाकिङ, क्यानोनिङ, फिसिङ, हाइडो स्पिड आदि पर्छन्।
नेपालमा जलयात्राको व्यापारिक एवं व्यावसायिक दृष्टिकोणले सञ्चालनमा ल्याइएको इतिहास ३ दशकभन्दा धेरै लामो छैन।

तर व्यक्तिविशेष, केही ट्राभल एजेन्सी र पर्यटन व्यवसायीले आफूखुशी पर्यटकको माग र उनीहरूसँग उपलब्ध रहेको स्रोत–साधनको प्रयोग गरेर काठमाडौं उपत्यकाबाट नजिकै पर्ने नदीहरू खासगरी भोटेकोसी र त्रिशूली नदीमार्याफ्टिङ गर्ने/गराउने गर्दथे।

जब यो व्यवसाय नाफामुखी देखियो र पर्यटकहरूको माग बढ्यो तब विधिवत् निजी व्यक्तिकै पहलमा सन् १९८९ मा उद्योग व्यवसायअन्तर्गत दर्ता भई विधिवत् सञ्चालन भइरहेको छ।

नेपालमा जलयात्रा सञ्चालन निर्देशिका २०६३ अनुसार हाल दर्ता भई सञ्चालनमा रहेका ४ दर्जनभन्दा बढी एजेन्टहरू त्यत्तिकै संख्यामा ऐन आउनुभन्दा पहिले दर्ता भई नवीकरण नभई सञ्चालनमा रहेका एजेन्टहरू भए तापनि यस क्षेत्रको विकास खासै सन्तोषजनक छैन।

खासगरी जलयात्रा के हो त ? मानव सभ्याताको क्रममा नदी, तालतलैया, साना समुद्रहरू पार गर्न काठका मुडाहरूको प्रयोग र पछि डुंगाको रूपमा विकास हुँदै भास्कोडिगामा, कोलम्बस आदिले समुद्रको सफल यात्रा गरी विश्वका नयाँ मुलुकहरू– अमेरिका, एसियाको भारतलगायतका टापुहरू पता लगाए।

नेपालका नदीनालाको मुहान १२ महिना नै हिउँले ढाकिएका पहाडहरू (हिमाल) भएका कारण अटुट पानी बगिरहने हुँदा भरपर्दो र दिगोरूपमा उपयोग गर्न सकिन्छ।नेपालमा कति नदीमा कति समय, कुन मौसममा, दैनिक, आंशिक, वार्षिकरूपमा कति पर्यटकलाई जलक्रीडा गराउन सकिन्छ ? त्यस व्यवसायमा के–कति व्यवसायी संलग्न हुन सक्छन् ?

प्रत्यक्ष अनि अप्रत्यक्षरूपमा के–कति मानिसलाई रोजगारीको अवसर मिलाउन सकिन्छ ? राज्यले राजस्वस्वरूप वार्षिक कति आम्दानी गर्न सक्छ ? यी विषयमा कुनै आँकलन, अध्ययन, अनुसन्धान र चर्चा पनि भएको छैन। यसबारेमा स्पष्ट हुनु जरुरी छ।

भविष्यमा यी कुरा आऊलान् नै। तर स्वस्फूर्तरूपमा केही नदीमार्याफ्टिङ क्रियाकलाप सञ्चालनमा आएपछि नेपालको १३ नदीहरूमा १६ गन्तव्य तोकेर एकदेखि छ स्तरका (१–६ ग्रेड)र्याफ्टिङ सञ्चालन गर्न नेपाल सरकारले अनुमति दिएको छ।

तर यसमा आवश्यक पूर्वाधार अर्थात् नीतिगत, भौतिक तालिम, सीप तथा भौतिक संरचनाहरू् अनि अनुगमन, रेखदेख र प्रवद्र्धन गर्नेतर्फ सोच र दृष्टि सरकारको पुगेको छैन। त्यसैले यो कलमकार पुनः दोहोर्याउँछ– नेपालको पर्यटकीय जलयात्रा व्यवसाय प्रारम्भिक क्षणमा गुज्रिरहेको छ।

निजी क्षेत्र र विदेशी लगानी भित्र्याउने स्पष्ट नीतिको अभाव छ। यसबारे गृहकार्य गर्न सोच र पहल पनि खासै देखिँदैन। जे–जति भएका छन्, ती केही व्यवसायीहरूले सञ्चालन गरेका छन्। त्यो नितान्त उनीहरूकै व्यवस्थापन र तजबिजमा भएको देखिन्छ। आज आश्चर्य लाग्दो बाह्य पर्यटकहरूभन्दा आन्तरिक र क्षेत्रीय पर्यटकहरूको संख्या बढ्दो छ तर सरोकारवाला निकाय मौन छ।

सरकार र व्यवसायीहरूसँग खासै योजना, कार्यक्रम, लागानीको अभाव छ। उनीहरूको ध्यान पनि कम पुगेको अवस्था छ। थाकेको बेला होस् वा कौतुहल–आनन्द आएको बेला, विश्रामस्थलहरूमा स्थानीय परिकारले स्वागत–सत्कार र मुस्कानका साथ स्थानीय अर्गानिक खानपान एवं सांस्कृतिक सभ्याताले आनन्द दिन सकिँदैन भनेर्याफ्टिङ व्यवसायीले सिर्फर्याफ्टिङ गराउने शुल्कमा मात्र सीमित रहनुपर्ने हुन्छ।

यो खाले व्यवसाय पर्यटन व्यवसाय नै होइन। यो व्यवसाय विशुद्ध व्यापार हो, जहाँ अपार आम्दानीका सम्भावनाहरू छन्। सरोकारवालाले अर्थ नै नबुझेको जस्तो छ। मानिसका ५ ज्ञानेन्द्रिय हुन्छन्। त्यसै गरी व्यक्तिमा फरक–फरक इच्छा र चाहना हुन्छन्। सबैलाई एउटै तृष्णा हुँदैन। कसैलाई आँखाको दृश्य त कसैलाई स्वादको, कसैलाई बास्नाको त कसैलाई स्पर्शको इच्छा हुन सक्छ।

त्यसैले पर्यटन व्यवसायीले जुनसुकै इच्छा राख्ने पर्यटक आफ्नो आतिथ्यतामा आइपुग्दा उसले इच्छाएको कुरा छान्ने र रमाउने वातावरण बनाउन अनि साधन–स्रोत उपलब्ध गराउन सक्नुपर्छ।

यहाँ जे छ त्यो खा, त्यो गर्, चित्त बुझा भनेर व्यवसाय फस्टाउन सक्दैन। आलु छ त हरेक परिकार बन्नुपर्यो, तरकारीमा मिसाउने मात्र होइन। राँगाको मासु छ त नेवारको भोजमा झैँ १७ थरी परिकार बनाइदिनुपर्यो।

मानिसमा कला छ त रुवाउने र हँसाउने हुनुपर्यो। आत्मा छ त सबैको सहानुभूति लुट्ने व्यवहार व्यक्त गर्न सक्नुपर्यो। उही एक लोकगीतको भावझैँ ‘मेरो माया सबैलाई पुग्छ जाली रुमाल (एकलाई बाहेक) पुग्दैन’ भनेझैँ आतिथ्य सत्कार गर्ने व्यक्तिमा सबै खाले इच्छा राख्ने पर्यटकको लागि कृत्रिम अभाव पूरा गर्ने क्षमता हुनुपर्यो। यो कलामा हामी नेपाली धेरै टाढा छौं। सिक्न र सिकाउन धेरै बाँकी छ।

जुनसुकै विकासका क्षेत्रहरू एकैचोटि पूर्ण र सम्पन्न हुन सक्दैनन्। समयसापेक्ष परिवर्तन र सुधारोन्मुख हुन्छन्। तर केही नयाँ कार्यको थालनी हुँदा केही आधारभूत तत्व र व्यवस्थापकीय संरचनाहरू सम्बन्धित निकाय र सरोकार राख्ने अंशियारहरूद्वारा तय गरिनुपर्छ। त्यसैले माथि उल्लेख गरिएका भौतिक पूर्वाधारको व्यवस्था गर्न साझेदारी, सरकार, निजी क्षेत्र र जनसमुदायको सहकार्य हुनुपर्छ।

त्यसै गरी मानवीय पुँजीको तयारी र परिचालन अग्रस्थानमा आउँछ। अर्थात् विकास मानिसका लागि, मानिसद्वारा, मानिसको दिमागको उपज हुनुपर्छ। त्यसैले यो जलक्रीडा व्यवसायमा संलग्न हुने व्यक्तिले थाहा पाउनुपर्यो कि यो व्यवसाय के हो र कसरी हुन्छ, सम्भाव्यता कत्तिको छ, के गर्दा यसलाई बजारीकरण गर्न सकिन्छ ?

त्यस्तै व्यवसायलाई सफल बनाउने तत्वहरू के–के हुन्, को–कोबाट ती उपलब्ध हुन सक्छन्, यसका उपभोक्ता को–को हुन्, कसरी व्यवसायलाई कति लगानी र क्षमतामा अघि बढाउने हो ? आदि कुराको विचार, विमर्श र तयारीका साथ संलग्न हुनुपर्यो। नेपालमा अध्ययन, अनुसन्धानभन्दा देखासिकी बढी गर्ने, छोटो सोच र क्षणिक स्वार्थमा उत्प्रेरित हुने चलन छ।

सरकारको नीति, योजना, प्राथमिकताको कार्यक्रम के–के छ, के–के हुन बाँकी छ, हुने सम्भावनाहरू छन् वा छैनन्, कसरी तय हुन सक्छन् आदि वातावरण सिर्जना गर्नेतर्फ लाग्नुपर्छ। व्यवसाय सञ्चालनको लागि आवश्यक जनशक्ति, तालिम, सीपमूलक जनशक्ति छन् कि छैनन्, व्यवसायमा परिआउने सम्भाव्य खतरा एवं चुनौतीहरू के–के हुन् र कसरी सामना गर्ने भन्ने रणनीतितर्फ पनि सोच्नुपर्ने हो।

यो व्यवसाय प्रारम्भिक चरण र अवस्थामा रहेकाले यस क्षेत्रमा धेरै चुनौती र डर पनि छ। अवसरहरूको तुलनामा यी समस्याहरू खासै केही होइनन्। जनसंख्या वृद्धिका कारण नदी प्रदूषण, जनचेतनाको अभावले यस्ता प्रकृतिक देनहरूमाथि अनधिृत अतिक्रमण, स्रोत–साधनको दुरूपयोय र संरक्षण संवद्र्धनको अभाव छ।

सरकारी नीति व्यापक प्रभावकारी नहुनु र भएको नीति फितला,े अनुगमन र नियन्त्रणको अभाव छ। तर विभिन्न समस्या र चुनौतीका बाबजुद पनि यो पेसाको भविष्य सुन्दर र सुनिश्चित छ। किनभने हाम्रा दुई छिमेकी मुलुकका पाहुनाहरूलाई यो क्षेत्रमा आकर्षण गराउन सक्ने सम्भावना प्रचूर छ। झन्डै ४ दर्जन नदी र खोलामा बाह्रै महिनार्याफ्टिङ व्यवसाय सञ्चालन गर्न सकिन्छ।

आज आन्तरिक पर्यटकहरूको संख्या बढदो छ। देशभित्रको रकम आफ्नै ढुकुटीमा जम्मा पार्न सके पर्यटनको दिगो विकास हुने कुरा पक्का छ। यसमा धेरै पक्षका व्यक्तिहरू, ट्राभल एन्ड टुर, होटल, लज, स्थानीय कृषक समुदाय, उद्योग व्यवसायीलगायत ज्याला मजदुरी गर्ने व्यक्तिहरू संलग्न रहने सम्भावना रहेका कारण एउटा व्यावहारिक, वैज्ञानिक र व्यवसायिक नीति, योजना, कार्यक्रम निकट भविष्यमा आउनु अति आवश्यक छ।

अन्त्यमा, जलस्रोतको धनी देश नेपालको भविष्य बनाउन जल सम्पदाबाटै बढी सम्भावना देखिन्छ। त्यसैले विद्युत् उत्पादन होस् वा जलक्रीडालाई पर्यटनसँग सम्बद्ध गराएर राष्ट्रिय योजनाहरू तय गरी प्राथमिकताका साथ कार्ययोजनाहरू अगाडि बढाइनुपर्छ। यसको सम्भावना सरकारी लगानीभन्दा निजी क्षेत्रको लगानी र भूमिका सर्वोपरि देखिन्छ।

पर्यटन उद्योग एउटा व्यापारी उद्यमशीलता भएकाले स्वदेशी एवं विदेशी पुँजी परिचालन हुने नीति ल्याउनुपर्छ। साथै व्यवसाय सञ्चालन मैत्री वातावरणको पूर्वाधार सरकारले बनाउनुपर्छ।

स्वदेशमै रोजगारीका अवसहरू सिर्जना गर्न सके विदेश पलायन युवाशक्ति र पुँजीलाई रोक्न सकिन्छ। विकट गाउँ, पाखा र नदीछेउछाउका गरिब समुदायको स्थानीय उत्पादन र श्रमलाई उपयोग गर्न सकिन्छ। त्यसैले सम्बद्ध सरोकार पक्ष सरकार र पर्यटन व्यवसायीले व्यावहारिक र वैज्ञानिक सोच एवं योजनासहित अगाडि आउनु आवश्यक देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्