न्युज अफ नेपाल, काठमाडौं ।
सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप गरेको छ ।
माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो । ती दुबै आयोगको म्याद आउँदो चैतमा सकिँदै थियो ।
मन्त्रीपरिषद् निर्णय सार्वजनिक गर्न नियमीत आयोजित पत्रकार सम्मेलनमा निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता गोकुल प्रसाद बास्कोटाले सो निर्णय सुनाएका हुन् ।
प्रतिक्रिया