प्रहरीकै अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि एक युवकले चलाए गोली, सरकारको समेत संलग्नता रहेको आरोप

0
Shares

नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित जामिया मिल्लिया इस्लामिक विश्वविद्यालयमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि एक युवकले प्रहरीकै अगाडि गोली चलाउँदा एकजना घाइते भएका छन् ।

युवकले ‘हिन्दुस्तान जिन्दावाद’, ‘दिल्ली पुलिस जिन्दावाद’ जस्ता नारावाजी गर्दै प्रदर्शनमा सहभागी विद्यार्थीको अगाडि उभिएर ‘ए लो आजादी’ भन्दै गोली चलाएका हुन् ।

विद्यार्थीहरु केही दिनदेखि नागरिकता कानुनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । गोली प्रहार गरेपछि पेस्तोलसहित प्रहरी भएतर्फ लागेका उक्त युवकलाई प्रहरीले समेत रोकेका थिएनन् ।

प्रहरीको यस्तो व्यवहारले प्रदर्शनमा उत्रीएका विद्यार्थीहरुले यस घटनामा सरकारको समेत संलग्नता रहेको आरोप लगाएका छन् ।