कोरोना भाइरस अपडेटः चीनमा मात्रै १७० को मृत्यु, अन्य देशमा तिब्र गतिमा फैलिँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरसका कारण चीनमा मात्रै १ सय ७० जनाको मृत्यु भइसकेको छ । चिनियाँ अधिकारीहरुका अनुसार अन्य देशले चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजाने तयारी गरिरहेका छन् । सबैभन्दा धेरै मृत्यु वुहान र हुबेइ प्रान्तका आसपासका क्षेत्रमा भएको बताइएको छ । जहाँ थप ३७ जनाको मृत्यु भएको हो ।

साथै ७ हजार ७ सय ११ चिनियाँ नागरिकमा संक्रमण फैलिएको स्वास्थ्यकर्मीको तथ्यांक छ । हुबेइमा मात्रै नयाँ १ हजार ३२ नयाँ बिरामी पुष्टि भएका हुन् । र तिब्बतमा एकजना बिरामी भएको पुष्टि भएको छ । बिहीबारसम्म चीनका विभिन्न ३१ प्रान्तमा कोरोना भाइरस फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनले सबै देशलाई यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । चीन बाहेक दर्जन भन्दा धेरै देशमा कोरोना फैलिसकेको छ । फिनल्याण्ड र दुबइमा समेत बुधबार कोरोना भेटिएको छ ।

कोरोनाकै कारण विश्व स्वास्थ्य संगठनको बिहीबार आपतकालिन बैठक बस्दैछ ।

कहाँ कति संक्रमित रु
चीन -१७० मृत्यु, ७७७१ संक्रमित
थाइल्यान्ड – १४ जना संक्रमित
सिंगापुर – १० जना संक्रमित
हङकङ, ताइवान – ८र८ जना संक्रमित
मलेसिया -७ जना संक्रमित
अस्ट्रेलिया, अमेरिका, मकाओ, फ्रान्स ( ५र५ जना संक्रमित
जापान – ६ जना संक्रमित
जर्मनी, दक्षिण कोरिया -४र४ जना संक्रमित
भियतनाम, क्यानडा -२र२ जना संक्रमित
नेपाल, कम्बोडिया, श्रीलंका, तिब्बत -१र१ जना संक्रमित

के हो कोरोना र ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् । यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ । कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।

यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ । हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन ।

बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । कोरोना भाइरस अमेरिकामा पनि चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ । चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो । ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए । स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो । यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।

यससँगै नेपालमा पनि गत सातादेखि उच्च शतर्कता अपनाइएको छ । यही कारण विमानस्थलमा रहेको ‘हेल्प डेस्क’लाई कामकाजी बनाइएको छ । चीनबाट आएका एक नेपाली विद्यार्थीमा यसको लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल सेन्टरमा लगेर जाँच गराइयो । यसवाहेक चीनबाट आउने अन्य नागरिकलाई पनि प्रारम्भिक जाँच गर्न थालिएको छ ।

यो पनि

हङकङमा कोरोनाको खोप भेटिएको अनुसन्धानकर्ताहरुको दाबी